सोमबार, भदौ ८, २०८३

सात अर्ब घटाएर बजेट ल्याउँदै प्रदेश १ सरकार

विराटनगर– प्रदेश १ सरकारले सोमबार (आज) करिब ३५ अर्बको बजेट प्रदेश सभामा प्रस्तुत गर्दैछ । चालू आर्थिक वर्षको तुलनामा करिब ७ अर्ब घटाएर आगामी आवको बजेट आउन लागेको हो ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

विराटनगर– प्रदेश १ सरकारले सोमबार (आज) करिब ३५ अर्बको बजेट प्रदेश सभामा प्रस्तुत गर्दैछ । चालू आर्थिक वर्षको तुलनामा करिब ७ अर्ब घटाएर आगामी आवको बजेट आउन लागेको हो ।

प्रदेश सरकारले ल्याउन लागेको यो तेस्रो बजेट हो। आगामी आवको बजेट स्वास्थ्य र कृषि क्षेत्रमा केन्द्रित हुने बताइएको छ। कुल बजेटको २० प्रतिशत स्वास्थ्य र कृषिमा विनियोजन हुने आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बताए ।

उनले भने, ‘प्रदेशमा सञ्चालनमा रहेका वहुवर्षीय र मुख्यमन्त्री ग्रामीण सडक योजनालाई प्राथमिकता दिइएको छ ।’

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट ल्याएको थियो । लकडाउनका कारण चालू आर्थिक वर्षको अनुमानित आय संकुचित भएपछि त्यसको प्रत्यक्ष असर आगामी आर्थिक वर्षको बजेटमा परेको मन्त्री आङ्वोको भनाइ छ । चालू आर्थिक वर्षमा ३ अर्ब ८६ करोडको अनुमान गरिएको आन्तरिक स्रोत तेश्रो बजेटको संघारमा सवा अर्बमा खुम्चिएको मन्त्रालय स्रोतले बताएको छ ।

अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगद्यन्दा तथा कलकारखानाको लागि पनि बजेटको आकार खुम्चिने भएपछि मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगी–व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि प्रदेश सरकारले खर्चमा व्यापक कटौती गरेर अस्पतालहरुको स्तरोन्नति र निर्माणका लागि ठूलो मात्रामा बजेट छुट्याउनुपर्ने भएको छ ।

लकडाउनले सबैभन्दा बढी उद्योग–व्यवसाय क्षेत्र संकटमा परेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाको भनाइ छ । उद्योग–व्यवसाय जोगाउन कम्तीमा पनि ७ प्रतिशत ब्याजमा बैंकिङ कर्जा तथा कम रेटमा विद्युत महशुलको व्यवस्था गरिनुपर्ने माग उद्योगी–व्यवसायीको रहेको उनले बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने आगामी आर्थिक वर्षको बजेट उत्पादनमुखी नभएर वितरणमुखी हुने संकेत देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ।

प्रकाशित: Jun 15, 2020| 07:06 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्