सोमबार, वैशाख २८, २०८३

बेइजिङमा कोरोनाका ५३ संक्रमित, सी फुड र तरकारी बजार बन्द

कोभिड–१९ बाट सङ्क्रमित ५३ नयाँ बिरामी भेटिएपछि चीनले राजधानीस्थित प्रमुख सीफुड र तरकारी बजार सिनफादी बजारलाई बन्द गर्ने घोषणा गरेको छ ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

कोभिड–१९ बाट सङ्क्रमित ५३ नयाँ बिरामी भेटिएपछि चीनले राजधानीस्थित प्रमुख सीफुड र तरकारी बजार सिनफादी बजारलाई बन्द गर्ने घोषणा गरेको छ ।

National life

सिनफादी बजारमा काम गर्ने वा पसल गर्ने ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि चिनियाँ प्रशासनको यो निर्णय लिएको हो ।

कोभिड–१९ का नयाँ विरामी भेटिएपछि चीन सरकारले अस्थायीरूपमा सिनफादी सीफुड तथा तरकारी बजार तथा नजिकमा रहेका ११ आवासीय क्षेत्र तथा नौ विद्यालयलाई लकडाउन गरेको न्यूयोर्क टाइम्सले बेइजिङस्थित चिनियाँ जनस्वास्थ्य आयोगलाई उद्धृत गरी समाचार लेखेको छ ।

विगत केही समयदेखि चीनले कोरोना भाइरस नियन्त्रणमा ल्याएको बताउँदै आएको भएपनि पछिल्ला केही हप्तामा यदाकदा नयाँ सङ्क्रमित विरामीहरू भेटिन थालेका छन् ।

बेइजिङ नगर सरकारका प्रवक्ता सु हेजिआनले सोमबार पत्रकार सम्मेलनमा भनेका कुरालाई उद्धृत गर्दै वासिङ्टन पोष्टले लेखेको छ, “हामीले हरेक व्यक्तिलाई महामारीका रूपमा विश्वभर फैलिएको स्वास्थ्य सुरक्षाका उपायलाई एक पल पनि नछोड्न सचेत बनाइरहेका छौँ । हामीले भाइरसविरूद्धको लामो लडाईंका लागि तयार हुनैपर्छ ।”

“हामीले विदेशबाट आउने कोभिड–१९ का विरामीसँग सचेत बन्नुपर्छ । विदेशबाट चीन आउने व्यक्तिसँग भाइरस पनि आउनसक्ने हुँदा महामारी नियन्त्रण लामोसमयसम्म जटिल तथा गम्भीर स्वास्थ्य समस्याका रूपमा रहने देखिएको छ,” उनले भने।
रासस

प्रकाशित: Jun 15, 2020| 06:34 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।