सोमबार, भदौ ८, २०८३

हवाई उडान २१ असारसम्म बन्द

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान २१ असारसम्म बन्द गर्ने निर्णय गरेको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

काठमाडौं– सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान २१ असारसम्म बन्द गर्ने निर्णय गरेको छ।

यसअघि १६ असारसम्म रहेको हवाई उडानको प्रतिबन्ध बढाएर २१ असार पुर्‍याइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले ट्वीटमार्फत् जानकारी गराएका छन्।

सरकारले लकडाउनसँगै सबै प्रकारको व्यावसायिक हवाई उडानमा रोक लगाएको थियो।

आकस्मिक उडान तथा उद्धारमा हुने चार्टड उडान भने जारी रहनेछन्।

 

प्रकाशित: Jun 14, 2020| 16:04 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्