मंगलबार, जेठ ५, २०८३

विद्यालय नखुलेसम्म शुल्क नलिन र इन्टरनेट नि:शुल्क गर्न नेविसंघको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विद्यालय नखुलेसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा चलाउन निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विद्यालय नखुलेसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा चलाउन निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

National life

संघको नेतृत्वले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै शिक्षण संस्थाहरुलाई शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शुल्क नलिन निर्देशन दिन माग गरेको हो।

संघले सिकाइका लागि अनलाइन, रेडियो, टेलिभिजन पत्रपत्रिका तथा टेलिफोन जस्ता माध्यम प्रयोग हुन थालेकाले इन्टरनेटलगायतका सबै प्रविधिको निःशुल्क व्यवस्था गर्न माग गरेको छ। पुस्तक आयातमा लगाइएको कर खारेज गर्नुपर्ने, सामुदायिक विद्यालयका विद्यार्थीलाई घरमै पुस्तक पुर्याइदिनुपर्ने माग पनि गरेको छ।

सरकारी विद्यालयमा क्वारेन्टाइन निर्माण भएको अवस्थामा निजी विद्यालय खुल्ने कुनै निर्णय नगर्न पनि सरकारलाई आग्रह गरेको छ।

नेविसंघले कक्षा ११ को परीक्षाफल आन्तरिक मूल्यांकनका आधारमा प्रकाशित गर्न आग्रह गरेको छ। ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले नेविसंघले उठाएका कतिपय मागहरु कार्यान्वयनको चरणमा रहेको र बाँकी विषयमा छलफल गरी आवश्यक टुंगोमा पुग्ने प्रतिबद्धता जनाएको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए।

महामन्त्री तिमल्सिनाका अनुसार मन्त्री पोखरेलले विद्यालयहरुलाई विद्यार्थीको कक्षा चढाउने र अभिलेखीकरण राख्न मात्र निर्देशन दिएको बताएका छन्।

प्रकाशित: Jun 14, 2020| 14:00 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्