नेपाल सिपिङ लाइन्सले लकडाउनकै बीच पनि आफ्नाे सेवालाई सुचारु राखेको जनाएको छ । विभिन्न मुलुकका बन्दरगाहहरुमा नेपाल सिपिङ लाइन्सका हजारौं कन्टेनरहरु अहिले ढुवानी सेवा दिन तम्तयार छन् । त्यसैगरी, निर्यात कार्गोका लागि विरगन्जमा सयौं कन्टेनरहरु स्टकमा राखिएको छ ।
भारत र अन्य तेस्रो मुलुकबाट सामान आयात गर्न अहिलेको लकडाउनका बेला कठिनाइ उत्पन्न हुनसक्ने सम्भावनालाई ध्यानमा राखी छिटो छरितो रुपमा सामग्री आयत गर्न नेपाल सिपिङ लाइन्सले आप्mनो सेवालाई सुचारु गरेको हो ।
कोरोना महामारीसँग जुध्नका लागि आवश्यक पर्ने खाद्यान्न, औषधि र स्वास्थ्य सुरक्षाजन्य सामग्रीको आयात छिटो छरितो गर्न जरुरी भइसकेको छ । त्यसो हुन नसकेकमा मुलुकमा भयावह स्थिति सिर्जना नहोला भन्न सकिन्न । त्यसैका खातिर नेपाल सिपिङ लाइन्सले छिटो, छरितो र विश्वसनीय रुपमा सामान आयातका लागि सेवा सुचारु गरेको कम्पनीले जनाएको छ।
त्यस्तै निर्यात गर्दा जुनसुकै समयमा पनि कन्टेनरहरु उपलब्ध हुने भएकाले नेपालका निर्यातकर्ताहरुको समयको बचत हुन्छ । यसले गर्दा कम ढुवानीदरमा झन्झटरहित निर्यात सम्भब भएको छ । तसर्थ, निर्यात प्रबद्र्धनमा सहयोग पुग्नुका साथै विदेशी मुद्रा पलायनमा पनि कमी आएको छ ।
नेपाल सिपिङ्ग लाइन्सको सेवा लिदा अग्रिम भुक्तानी गर्नुपर्ने झन्झटबाट पनि नेपाली आयातकर्ताहरु मुक्त हुनेछन् । साथै विदेशी मुद्रामा भुक्तानी गर्नु पर्ने झन्झट समेत रहने छैन । नेपाल सिपिङ लाइन्सको लक्ष्य गुणस्तरीय सेवा, प्रतिस्पर्धी ढुवानी दर रेट र कमभन्दा कम ट्रान्जिट समयमा सामान ढुवानी गर्नु हो । जसले गर्दा आयतकर्ताहरुको डिटेन्सन तथा अन्य सम्भावित खर्चमा समेत कमी आउनेछ । त्यसमाथि, आयातकर्ताहरुलाई डेलिभरी अर्डर पनि नेपालमै दिने व्यवस्था गरिएको छ ।
निकट भविष्यमा नै नेपालको आफ्नै जलमार्ग कोशी तथा गण्डक क्षेत्रमा नेपाली पानीजहाजबाट सेवा विस्तार गर्न सकिने सम्भाबना समेत रहेको छ । कुल गार्हस्थ्य उत्पादनको ५५% विदेशसँग सम्बन्धित आयत–निर्यातमा निर्भर रहेकोमा ९९% आयात तथा निर्यात विदेशी सिपिङ्ग तथा ढुवानी कम्पनीहरुमा निर्भर रहेको हुँदा नेपाली कम्पनीहरुलाई पनि यस्ता व्यवसायहरुमा संलग्न गराउनका साथै नेपाललाई पनि समुद्रसँग पहुँच भएको राष्ट्रको रुपमा विकास गर्ने नेपाल सरकारको भिजन रहेको र यो सम्भावनालाई साकार पार्न नेपाल सिपिङ लाइन्स तल्लीन रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।