काठमाडौं- सुनको भाउ आइतबार स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ ८९ हजार ३०० रुपैयाँ तोकेको छ।
गत शुक्रबारपछि सुनको भाउमा स्थिरता आएको हो।
गत आइतबारदेखि खुलेको सुनको कारोबार लकडाउन पश्चात १२ हजार ६ सय रुपैयाँले बढेको थियो।
त्यसैगरी यस दिन चाँदी पनि गत शुक्रबारकै भाउमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ। गत शुक्रबार चाँदीको भाउ प्रतितोला ९३५ रुपैयाँमा कारोबार भएको थियो।