बुधबार, चैत ११, २०८२

भोलिदेखि रेडियो र टेलिभिजनबाट पढाइ (तालिकासहित)

देशभर सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट पढाइ हुन थालेको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

काठमाडौं-  देशभर सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट पढाइ हुन थालेको छ। कोरोना भाइरस संक्रमणका कारण विद्यालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट पढाइ सुरु गरिएकाे हाे।

National life

केही स्थानमा पढाइ सुरु भइसकेको छ भने केही ठाउँमा भोलि असार १ गतेदेखि पठनपाठन सुरु हुन लागेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो। सोहीअनुसार शिक्षण सिकाइ सुरु गरिएको हो।

निर्देशिकाले निर्दिष्ट गरेअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्यदृश्य पाठ प्रसारण हुन थालेका छन्।

बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि स्थगित पठनपाठन र परीक्षा कहिले सुरु हुने टुंगो छैन।

Laxmi sunrise bank
kumari

शिक्षा मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट बिहान ९ देखि साँझ ५ः४० बजेसम्म विभिन्न अनिवार्य विषयमा क्रमशः कक्षा १ देखि १० सम्मका विषयका शिक्षकले भिडियो माध्यमबाट पढाइ थालेका छन्।

कक्षा ९ र १० का विषयगत पाठहरू डिसमिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेट टिभी, मेगा म्याक्स टिभीबाट कक्षा सञ्चालन हुँदै छ।

यही जेठ २८ गतेदेखि काठमाडौं महानगरपालिको शिक्षा विभागको सहकार्यमा मेट्रो एफएम ९४ दशमलव ६ मा हरेक दिन बिहान ९ देखि साँझ ५ः३० बजेसम्म कक्षा १ देखि १० सम्मका विषयमा पढाइ गराइएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को सहकार्यमा जनता टेलिभिजन, टिभी टुडे र योहो टिभीबाट पनि नियमित कक्षा सञ्चालन हुन थालेको छ।

मुलुकभर सञ्चालित ३५ हजार ५२० विद्यालयमध्ये २९ हजार ६०७ सामुदायिक विद्यालय छन्। सामुदायिक विद्यालयमध्ये आठ हजार ३६६ विद्यालयमा कम्प्युटर सुविधा उपलब्ध छ । यी विद्यालयमध्ये तीन हजार ६७६ विद्यालयले शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्दै आएका छन्।

यस्ताे छ तालिका

प्रकाशित: Jun 14, 2020| 13:00 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्