काठमाडौं– नेपालको ओपनिङ ब्याट्सम्यान आशिफ शेखले एकदिवसीय क्रिकेटमा केरियरको पहिलो अर्धसतक प्रहार गरेका छन्। पपुवा न्युगिनीविरुद्ध एक दिवसीय मैत्रीपूर्णमा डेब्यु गरेको आशिफले आफ्नो चौथो खेलमा पहिलो अर्धसतक प्रहार गरेका हुन्।
उनले ६४ बलमा चौका प्रहार गर्दै ५१ रन बनाएर एक दिवसीय क्रिकेटमा पहिलो अर्धसतक पूरा गरेका हुन्। यसअघि उनको उच्च स्कोर ३० रन थियो, जुन उनले पपुवा न्युगिनीविरुद्धको पहिलो खेलमा बनाएका थिए। उनले खेलेका पछिल्ला तीन एकदिवसीय क्रिकेटमा ३०, ३ र २३ रन बनाएका छन्। उनले चौथो खेलमा भने अर्धसतकको कोशेढुंगा पार गरेका हुन्।
अहिले जारी खेलमा २३ ओभर सकिँदा नेपालले सय रन बनाएको छ। नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो भने दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्लाई गुमाइसकेको छ। त्यस्तै रोहित पौडेल २० रन बनाएर आउट भएका छन्।