शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

पाकिस्तानमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि अत्यधिक बढ्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमितहरु भेटिएको अधिकारीहरुले जनाएका छन्।

National life

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा ६ हजार ३९७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको हो। योसँगै पाकिस्तानमा कुल संक्रमितको संख्या एक लाख २५ हजार ९३३ पुगेको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी कोरोना भाइरसका कारण देशभरी अहिलेसम्म दुई हजार ४६३ जनाको मृत्यु भएको छ। तीमध्ये १०७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ।

पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म ४० हजार २४७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jun 12, 2020| 20:07 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।