सोमबार, भदौ ८, २०८३

बैंक शनिबार पनि खुल्ने

बैंक तथा वित्तीय संस्था भोलि (शनिबार) पनि खुल्ने भएका छन्।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं- बैंक तथा वित्तीय संस्था भोलि (शनिबार) पनि खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले जेठ ३२ गतेसम्म शनिबार तथा सार्वजनिक बिदामासमेत पूर्णकालीन रुपमा खुला राख्न बिहीबार निर्देशन दिएपछि शनिबार बैंकहरु खुल्ने भएका हुन्।

राष्ट्र बैंकका अनुसार राजस्व बुझ्ने प्रयोजनका लागि बैंकका शाखा खुला राख्न निर्देशन दिइएको हो। त्यस्तै, नेपाल क्लियरिङ हाउससमेत शनिबार खुल्नेछ।

सरकारी राजस्व उठाउन महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकलाई खुला राख्न निर्देशन दिने प्रचलन छ।

कोरोना भाइरस (कोभिड–१९)का कारण राजस्व उठ्न नसकेको भन्दै सर्वसाधारणको सहजताका लागि बैकहरु खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

प्रकाशित: Jun 12, 2020| 13:08 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्