काठमाडौं– कोरोना महामारीबाट सावधानी अपनाउन आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री खरिदमा मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको छ।
मेगा बैंकका ग्राहकहरुलाई अनलाइन सपिङ साइट ‘रिचार्जर’बाट स्वास्थ्य सामग्री खरिद गर्दा छुटको व्यवस्था गरिएको हो।
पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रेलगायत सामग्री खरिदमा मेगा बैंकका ग्राहकहरुलाई छुटको व्यवस्था गरिएको रिचार्जरले जनाएको छ ।
मेगा बैंकका डेबिट र क्रेडिट कार्डवाहक ग्राहकले कार्डबाट इकमर्समार्फत रकम भुक्तानी गर्दा प्रत्येक पटक १० प्रतिशत र अधिकतम ५ सय रुपैंयासम्म छुटको व्यवस्था गरिएको छ।
रिचार्जरको वेभसाइट तथा मोबाइल एप्समार्फत ग्राहकले सामान अर्डर गर्न सक्नेछन्।