सोमबार, भदौ ८, २०८३

सुनको मूल्य यथावत

आइतबारयता दिनहुँ रेकर्ड कायम भइरहेको सुनको मूल्य आज (शुक्रबार) यथावत छ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं– आइतबारयता दिनहुँ रेकर्ड कायम भइरहेको सुनको मूल्य आज (शुक्रबार) यथावत छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रूपैयाँ कायम छ।

तेजावी सुनको मूल्य पनि यथावत छ। महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार एक सय ६५ रूपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँ घटेर ९ सय ३५ रूपैयाँ पुगेको छ।

यसअघि आइतबार ८७ हजार ४ सय रूपैयाँ तोकिएको प्रतितोला छापावाल सुनको मूल्य दिनहुँ बढेर बिहीबार ८९ हजार ६ सय पुगेको थियो।

प्रकाशित: Jun 12, 2020| 11:25 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्