मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा भयावह बन्दै कोरोना, बेलायतलाई समेत उछिनेर चौथो स्थानमा

भारतमा भयावह बन्दै कोरोना, बेलायतलाई समेत उछिनेर चौथो स्थानमा

बेलायतलाई समेत पछि पार्दै भारत कोरोना अति प्रभावित चौथो मुलुक बनेको छ । भारतमा संक्रमितको संख्या करिब ३ लाख नजिक पुगेको छ ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं- बेलायतलाई समेत पछि पार्दै भारत कोरोना अति प्रभावित चौथो मुलुक बनेको छ ।

बेलायतमा भन्दा ६ हजार ८ सय ८४ जना बढि संक्रमित रहेको भारतमा संक्रमितको संख्या करिब ३ लाख नजिक पुगेको छ । बिहीबार एकै दिनमा ११ हजार १ सय २८ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २ लाख ९८ हजार २ सय ८३ पुगेको हो ।

बेलायतमा संक्रमितको संख्या २ लाख ९१ हजार ४ सय ९ रहेको छ। बेलालयतमा संक्रमण दर घट्दै गएको छ भने भारतमा दिनहुँ १० हजारभन्दा बढि व्यक्ति कोरोनाबाट संक्रमित भइराखेका छन् ।

पछिल्लो एक सातमा मात्रै ७१ हजार ५ सय ७० जना संक्रमित भएका छन् । एक महिनामा २ लाख २७ हजार ७ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने ८ हजार ५ सय १ पुगेको छ । बिहीबार एकै दिनमा ३ सय ९४ जनाको मृत्यु भएको छ । एकै दिनमा यति ठूलो संख्यामा मृत्यु भएको पहिलो पटक हो । बुधबार ३ सय ८८ जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट अति प्रभावित मुलुकको पहिलो नम्बरमा रहेको अमेरिकामा अहिलेसम्म २० लाख २२ हजार ४ सय ८८ जना संक्रमित भएका छन् भने १ लाख १३ हजार ८ सय ३ जनाको मृत्यु भएको छ ।

दोस्रो प्रभावित मुलुक ब्राजिलमा ८ लाख २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । ४० हजार ९ सय १९ जनाको मृत्यु भएको छ ।
तेस्रो प्रभावित मुलुक रुसमा ५ ला १ हजार ८ सय संक्रमित हुँदा ६ हजार ५ सय २२ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jun 12, 2020| 08:17 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।