बुधबार, चैत ११, २०८२

यसरी पाउनेछन् विद्यार्थीले एसईईको प्रमाणपत्र

परीक्षा नलिने निर्णयसँगै सरकारले विद्यार्थी मूल्यांकनका सन्दर्भमा विभिन्न आदेश जारी गरेको छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

काठमाडौं- सरकारले शिक्षा ऐन २०२८ को दफा २० अनुसार बाधाअडकाउ फुकाउ आदेश गरी यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) काे प्रमाणपत्र दिने भएकाे छ। 

National life

परीक्षा नलिने निर्णयसँगै सरकारले विद्यार्थी मूल्यांकनका सन्दर्भमा विभिन्न आदेश जारी गरेको छ।

जसअनुसार एसईईको फाराम भरेका विद्यार्थीको विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकन विवरण सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउनुपर्नेछ।

समितिले प्रमाणित गरी त्यो विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाउनेछ। त्यसरी प्राप्त विवरणका आधारमा बोर्डले परीक्षाफल तयार पारी प्रकाशन गरी प्रमाणपत्र वितरण गर्ने आदेश जारी गरिएको सरकारका प्रवक्ता अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

यसका लागि बोर्डले आवश्यक कार्यविधि बनाउन सक्नेछ। आदेशलाई नेपाल राजपत्रको अतिरिक्तांमा प्रकाशन गरिने मन्त्री खतिवडाले बताए।

Laxmi sunrise bank
kumari

यस्ताे छ शिक्षा ऐनको दफा २० मा

यस ऐनको उद्देश्य कार्यान्वित गर्न कुनै बाधा अड्काउ परेमा नेपाल सरकारले त्यस्तो बाधा अड्काउ हटाउन नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आदेश निकाल्न सक्नेछ र त्यस्तो आदेश यसै ऐनमा परे सरह मानिनेछ ।

प्रकाशित: Jun 11, 2020| 18:10 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्