सेञ्चुरी कमर्सियल बैंक लि.ले अन्तरिम लाभांश वितरण गर्ने भएको छ। बैंकले आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. ८,४१,५४,७१,५७६.३० को ४.७५ प्रतिशतले हुन आउने रकम रु. ३९,९७,३४,८९९.८७ वितरण गर्न स्वीकृत प्राप्त गरेको थियो ।
तर, हाल विश्वभर फैलिएको कोभिड–१९ को महामारीले गर्दा उक्त स्वीकृत प्राप्त भएको वार्षिक प्रतिवेदन, वार्षिक साधारण सभा हुन नसकी अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरेको थियो ।
यस विषम परिस्थितिमा शेयरधनीलाई केही राहत महसुस गराउने उद्देश्यले उक्त स्वीकृत नगद लाभांसको ३ प्रतिशत रकम अर्थात् रु.२५,२४,६४,१४७.२८ बाट आवश्यक लाभांस कर कट्टी गरी हुन आउने लाभांस रकम रु. २३,९८,४०,९३९.९२ अन्तरिम लाभांसको रुपमा वितरण गर्ने बैंक सञ्चालक समितिले निर्णय गरेको छ।
बाँकी रहेको नगद लाभांस र बोनश शेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गर्ने बैंकले जनाएको छ।