सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • छिमेक लघुवित्तको बचत तथा ऋण किस्ता अब इसेवाबाट भुक्तानी गर्न सकिने

छिमेक लघुवित्तको बचत तथा ऋण किस्ता अब इसेवाबाट भुक्तानी गर्न सकिने

 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् ।

विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आवद्ध गर्दै लगेको इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा सुरू गरेको हो । अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र छिमेक लघुवित्तका तर्फबाट चोलराज शर्मा जोशीले हस्ताक्षर गरे ।

इसेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् ।

यो सँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ ।

प्रकाशित: Jun 11, 2020| 11:45 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्