सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दिनहुँ रेकर्ड कायम गर्दै सुनको मूल्य, व्यवसायी भन्छन्- तत्काल घट्ने संकेत देखिँदैन

दिनहुँ रेकर्ड कायम गर्दै सुनको मूल्य, व्यवसायी भन्छन्- तत्काल घट्ने संकेत देखिँदैन

आइतबारयता दिनहुँ रेकर्ड कायम भइरहेको सुनको मूल्य आज (बिहीबार) पनि बढेको छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

काठमाडौं– आइतबारयता दिनहुँ रेकर्ड कायम भइरहेको सुनको मूल्य आज (बिहीबार) पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला हजार रूपैयाँ बढेर ८९ हजार ६ सय रूपैयाँ कायम भएको छ, जुन अहिलेसम्मको सर्वाधिक हो।

यसअघि गत बुधबार कायम भएको सुनको मूल्य सर्वाधिक थियो । उक्त दिन छापावाल सुन प्रतितोला ८८ हजार ६ सय रूपैयाँ कायम भएको थियो।

तेजावी सुनको मूल्य पनि हजार रूपैयाँ बढेको छ। महासंघका अनुसार बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार एक सय ६० रूपैयाँ कायम छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्य अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि बढिरहेको बताउँछन्। “केही दिनअघि प्रतिऔंश १६ सय डलर पर्ने सुनको मूल्य अहिले बढेर १७ सय ८० पुगिसकेको छ,” उनले भने।

उनले चीन–अमेरिका शितयुद्ध, लगानीकर्ताको सुनमा आकर्षण हुनुलगायत कारणले पनि सुनको मूल्य बढिरहेको बताए। यस्तै, रिजर्भ बैंकले सुन किनेर थुपारिरहेकाले पनि यसको मूल्य बढेको उनको भनाइ छ।

“अन्तर्राष्ट्रिय सिनारियो हेर्दा तत्काल सुनको मूल्य घट्न सक्ने देखिँदैन,” उनले सुनाए।

प्रकाशित: Jun 11, 2020| 11:45 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्