बुधबार, चैत ११, २०८२

गर्मीमा कोरोना कमजोर हुन्छ भन्ने कुराको आधार छैन : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मौसमको बदलावसँगै कोरोना भाइरस संक्रमणको असर कम हुन्छ भन्ने कुराको प्रमाण नरहेको बताएको छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मौसमको बदलावसँगै कोरोना भाइरस संक्रमणको असर कम हुन्छ भन्ने कुराको प्रमाण नरहेको बताएको छ।

National life

गर्मी मौसममा कोरोना संक्रमण फैलिँदैन भन्ने हल्ला भएपछि डब्ल्यूएचओले यस्तो बताएको हो।

विश्व स्वास्थ्य संगठनको आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले भने, “हामी यस क्षणको लागि आशामा बस्न सक्दैनौं जुन मौसम परिवर्तन वा बढ्दो तापमान स्वयं भाइरसका लागि जवाफ हुन सक्छ ।”

गर्मी मौसममा कोरोना भाइरस फैलिने अथवा नफैलिने भन्नेबारे डब्ल्यूएचओसँग कुनै प्रमाण नरहेको उनले बताएका छन्।

कोरोना भाइरसको महामारी सुरु हुँदाताका (जनवरी २०२०) मा गर्मी मौसम सुरु भएपछि कोरोना संक्रमण कम हुने कतिपयले बताएका थिए। तर, त्यस्तो भएको छैन। जुन दोस्रो साता चलिरहँदा पनि यसको प्रकोप कम भएको छैन।

Laxmi sunrise bank
kumari

रायनले विश्वका धेरै देशमा स्वास्थ्य सामग्री, पीपीई र परीक्षण किटको अभाव रहेको चर्चा गर्दै ती देशमा स्वास्थ्य सुरक्षाको अवस्था चिन्ताजनक रहेको बताएका छन्।

प्रकाशित: Jun 11, 2020| 07:16 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्