काठमाडौं- सरकारले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने भएको छ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलेको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन गर्ने निर्णय भएको मन्त्रिपरिषद्का एक सदस्यले नेपाल समयलाई जानकारी दिए।
कोरोना भाइरस संक्रमण जोखिमका कारण २०७६ चैत ६ गतेदेखि तोकिएको परीक्षा मन्त्रिपरिषद्ले चैत ५ गते स्थगित गरेको थियो। एसईईमा झन्डै ५ लाख विद्यार्थीले फाराम भरेका थिए। अब विद्यालयले आन्तरिक मूल्यांकन गरी उनीहरुलाई प्रमाणपत्र दिइनेछ।
हाललाई विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने गरी एसईई परीक्षा राेक्ने निर्णय भएकाे ती मन्त्रीले बताए।