आइतबार, असोज १८, २०८३

सिटिजन्स बैंकको नाफा ३३ प्रतिशतले बृद्धि

गत आर्थिक वर्षमा सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफा ३३.३९ प्रतिशतले बढेको छ।
 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८

काठमाडौं‐ गत आर्थिक वर्षमा सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफा ३३.३९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा बैंकले १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद् नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब १९ करोड ८५ लाख रूपैयाँ रहेको थियो। नेपाल राष्ट्र बैंकले असल ऋणमा नै ०.३ प्रतिशत प्रोभिजनिङ बढाएपछि नाफा खुम्चिएको बैंकले जनाएको छ। 

बैंकले गत आर्थिक वर्षदेखि सृजना फाइनान्स र तिनाउ मिसन डेभलपमेन्टलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो। दुई वटा संस्थाहरू गाभिए पनि जम्मा खुद् नाफामा ३३ प्रतिशत मात्र प्रगति भएको बैंकले जनाएको छ। मर्जरका कारण बैंकको जगेडा कोष ३० प्रतिशतले बढेर ४ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ। 

बैंकले व्यापार ५० प्रतिशतले बढाएपनि व्याज आम्दानी २५ प्रतिशतले मात्र बढेको छ। बैंकको ऋण विस्तार भने १ खर्ब १८ अर्ब रूपैयाँ पुगेको छ।  बैंकको प्रति सेयर आम्दानी १५ रूपैयाँ ३८ पैसा छ। बैंकले ३.५९ प्रतिशत ब्याज स्प्रेड कायम गरेको छ।

प्रकाशित: Jul 30, 2021| 10:50 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्