सोमबार, भदौ ८, २०८३

आगामी आवको बजेट प्रतिनिधिसभाबाट पारित

आगामी आर्थिक वर्षका लागि सरकारले यही जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

आगामी आर्थिक वर्षका लागि सरकारले यही जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकले सो बजेट पारित गरेको हो । बजेटलाई प्रतिनिधिसभामा अर्थमन्त्री डा. युवराज खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

बजेटको पक्षमा सत्तारुढ नेकपा सांसदले मात्र मत दिएका थिए। नेपाली कांग्रेस लगायत अन्य दलले भने विपक्षमा मत दिएका थिए ।

प्रतिनिधिसभाले पारित गरेको बजेट अव राष्ट्रियसभामा छलफल भएपछि मात्र पारित हुनेछ । राष्ट्रियसभाबाट पारित भएपछि सो बजेट कार्यान्वयनमा आउनेछ ।

विनियोजित विधेयक (बजेट) सँगै सरकारले संसदमा पेस गरेको आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक ऋण तथा जमानत सम्बन्धी आश्रित विधेयक दुवै सदनले पारित गरेपछि मात्र बजेट पूर्ण रुपमा पारित भई कार्यान्वयनमा आउनेछ ।

बजेटको विभिन्न मन्त्रालयगत बजेटमा २६ वटा शिर्षकमा खर्च कटौतिको विभिन्न सांसदहरुले माग गरेका थिए तर खर्च कटौतीका सवै प्रस्ताव बहुमतले अस्वीकृत भएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेश गरेको थियो ।

 

प्रकाशित: Jun 10, 2020| 15:34 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्