शनिबार, फागुन ३०, २०८२

कोरोना भाइरस संक्रमणबाट भारतमा विधायकको मृत्यु

भारत, तमिलनाडुको प्रमुख विपक्षी दल डीएमकेका विधायक (प्रदेश सांंसद) अंबाजगनको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

भारत, तमिलनाडुको प्रमुख विपक्षी दल डीएमकेका विधायक (प्रदेश सांंसद) अंबाजगनको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।

National life

भारतीय सञ्चारमाध्यमका अनुसार तीन दिनदेखि भेन्टिलेटरमा रहेका उनको आज बिहान स्वास्थ्य अवस्था निकै बिग्रिएको थियो।

६२ वर्षीय अंबाजगन डीएमकेका प्रमुख नेतामध्येमा गनिन्थे। उनको मृत्युमा डीएमकेले तीन दिन शोकको घोषणा गर्दै सबै कार्यक्रमहरु रद्द गरेको छ।

तमिलनाडु कोरोना भाइरस संक्रमणमा महाराष्ट्रपछि भारतमा दोस्रो नम्बरमा छ। यो प्रदेशमा संंक्रमितको संख्या ३४ हजार नाघेको छ भने भारतभर संक्रमितको संख्या दुई लाख ७६ हजार पुगेको छ।

भारतमा कुल संक्रमितमध्ये संक्रमणमुक्त हुनेको संख्या धेरै पुगेको छ। अहिलेसम्म त्यहाँ १ लाख ३५ हजार २०६ जना संक्रमणमुक्त भइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 10, 2020| 13:53 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।