शनिबार, फागुन ३०, २०८२

हरेक पाँचमध्ये एक इरानी कोराना संक्रमित

इरानमा गत फेब्रुअरीमा कोरोना भाइरस सङ्क्रमण पत्ता लागेपछि अहिलेसम्ममा औसत पाँचमध्ये एक नागरिकलाई कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने देखिएको इरानी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

इरानमा गत फेब्रुअरीमा कोरोना भाइरस सङ्क्रमण पत्ता लागेपछि अहिलेसम्ममा औसत पाँचमध्ये एक नागरिकलाई कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने देखिएको इरानी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्।

National life

कोभिड–१९ विरूद्धको लडाईंका लागि बनेको कार्यदलका एक सदस्य एहसान मोस्तफावीले भने, “कोभिड–१९ प्रभाव अध्ययन दलको तथ्याङ्क अनुसार इरानमा एक करोड ५० लाख नागरिकले कोभिड–१९ सङ्क्रमणजन्य समस्याको सामना गरेका छन् ।”

“यसको अर्थ भाइरस ‘हामी वा समग्र विश्वले कल्पना गरेभन्दा निकै कम घातक थियो,” मोस्तफावीलाई उद्धृत गर्दै इरानी समाचार संस्था आइएसएनएले जनाएको छ ।

यो तथ्याङ्कले आठ करोड जनसङ्ख्या रहेको इरानको करिब १८.७५ प्रतिशत व्यक्ति सङ्क्रमित भएको प्रक्षेपण गरेको छ ।

इरानमा मङ्गलबार पनि ७४ थप व्यक्तिको मृत्यु भएको छ । अहिलेसम्म इरानमा सङ्क्रमणका कारण मृत्यु भएको आधिकारिक पुष्टि भएका व्यक्तिको सङ्ख्या आठ हजार ४२५ पुगेको इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

Laxmi sunrise bank
kumari

इरानले परीक्षणबाट एक लाख ७५ हजार ९२७ व्यक्तिमा सङ्क्रमण भएको पुष्टि गरेको छ भने विगत २४ घण्टामा थप दुई हजार ९५ व्यक्ति सङ्क्रमित भेटिएका छन् ।
उनले भने, “सङ्क्रमण भई निको भइसकेका विरामीको शरीरकको एन्टीबडी तत्व नाप्ने ‘सेरोलोजी’ परीक्षणबबाट यो अध्ययन प्रतिवेदनको निष्कर्ष निकालिएको हो ।”
रासस

प्रकाशित: Jun 10, 2020| 07:33 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।