सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोभिड–१९ नियन्त्रण र उपचारका लागि एनएचसिएलको २ करोड ९१ लाख सहयोग

कोभिड–१९ नियन्त्रण र उपचारका लागि एनएचसिएलको २ करोड ९१ लाख सहयोग

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले कोभिड–१९ को अवधिमा २ करोड ९१ लाख २० हजार भन्दा बढीको सहयोग गरेको जनाएको छ । कोभिड १९ को महामारीको समयमा एनसिएलएलले सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई समेत गरी सो रकम बराबरको सहयोग गरेको हो ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले कोभिड–१९ को अवधिमा २ करोड ९१ लाख २० हजार भन्दा बढीको सहयोग गरेको जनाएको छ । कोभिड १९ को महामारीको समयमा एनसिएलएलले सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई समेत गरी सो रकम बराबरको सहयोग गरेको हो ।

कम्पनीले मंगलबार विज्ञप्ति जारी गरी सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर, आफ्नो प्ल्याटफर्म मार्फत क्राउडफन्डिङ गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पुर्याएको जनाएको छ ।

कोभिड—१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई प्रश्रय दिने उद्देश्यका साथ एनसीएचएलले एसिएचएल इसीसी, एसिएचएल आइपीएस, कनेक्ट आइपीएस र आरटिजिएस सेवाहरु प्रवाह गर्दै आएको मा लकडाउन शुरु भएदेखि नै यी सम्पूर्ण भुक्तानीे सेवाहरुमा लाग्ने कारोबार शुल्कहरु मिनाहा गर्दै आएको पनि कम्पनीले जनाएको छ ।

कारोबार शुल्क मिनाहाबाट एनसीएचएलले २ करोड ३४ लाख ९ हजार २४३ रुपैँया कनेक्ट आइपीएस प्रणालीमा डोनेट फर कजका रुपमा समावेश गरी सो बाट हालसम्म कोरोना नियन्त्रण र उपचार कोष का लागि ४० लाख १९ हजार ४४८ रुपैयाँ संकलन गर्न सहयोग गरेको पनि कम्पनीले जनाएको छ ।

यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कारोना उपचार कोषमा १७ लाख सहयोग गरेको छ, जसमध्ये १० लाख केन्द्रिय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १–१लाख सहयोग प्रदान गरेको विज्ञप्तिमा जनाएको छ ।

 

प्रकाशित: Jun 09, 2020| 18:15 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्