काठमाडौं– ओमनमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। ओमनको अल इमिरेत मैदानमा अहिले सवा ४ बजेबाट सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो।
हिजो अमेरिकाविरुद्ध उत्रिएको टिमले नै आज पनि निरन्तरता पाएको छ।
त्यो सिरिजमा नेपालले ओमनसँग पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटको हार बेहोरेको थियो। त्यसैले आज नेपाललाई त्यो हारको बादला दिने अवसर पनि छ।
नेपालले अमेरिकासँगको खेलमा जित निकालेसँगै अहिले लिग दुईमा नेपालले पाँच खेलबाट ६ अंक बनाएको छ। नेपाल लिग तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। नेपालले आज जित निकाले एक स्थान सुधार भएर पाँचौ स्थानमा पुग्नेछ।