सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्भेष्टमेन्ट बैंकले सिएमसिसँगको मुद्दा जित्यो, दुई अर्ब चार करोड फिर्ता पाउने

इन्भेष्टमेन्ट बैंकले सिएमसिसँगको मुद्दा जित्यो, दुई अर्ब चार करोड फिर्ता पाउने

नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा परेको मुद्दा जितेको छ । तनहुँ हाइड्रोपावर सम्बन्धी दुई अर्ब चार करोड रुपैयाँ बराबरको मुद्दा इन्भेष्टमेन्ट बैंकले जितेको हो ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा परेको मुद्दा जितेको छ । तनहुँ हाइड्रोपावर सम्बन्धी दुई अर्ब चार करोड रुपैयाँ बराबरको मुद्दा इन्भेष्टमेन्ट बैंकले जितेको हो ।

योसँगै नेपाल इन्भेष्टमेन्टको नाफा बढ्नेछ । साथै बैंकको वासलात सुदृढ बन्ने बैंकले जनाएको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले इटालीमा चलिरहेको बैंकको मुद्दामा बैंकको पक्षमा फैसला भएको जानकारी पाएको भन्दै आगामी दिनमा कसरी रकम ल्याउने भन्नेबारे व्यवस्थापन पक्षले मिलाउने जानकारी दिएका छन् ।

उनले भने, ‘मैले पनि मुद्दा बैंकले जितेको भन्ने जानकारी पाएँ, अरुकुरा बुझ्नै छ ।’ नेपाल इन्भेष्टमेन्ट बैंक तनहुँ जलविद्युत परियोजनामा काम गर्ने ठेक्का पाएको इटालीको कम्पनी मुराटोरी इ केमेन्टिस्टी (सीएमसी)को बैंक ग्यारेन्टी बसेको थियो । तर कम्पनीले भनेअनुसार काम नगरेपछि सो परियोजनाले ग्यारेन्टी वापतको रकम बैंकसँग दावी गरेको थियो।

परियोजनाले दावी गरेसँगै सो बैंकले परियोजनालाई दावी भुक्तानी गरे पनि सिएमसिले भने आफ्नो जमानत जफत गरेको भन्दै इटालीको स्थानीय अदालतमा बैंक विरुद्ध मुद्दा हालेको थियो ।

सो मुद्दाको फैसला तीनजना न्यायाधिशको संयुक्त इजलाले बैंकको पक्षमा गरेको बैंकले जनाएको छ । सीएमसीले नेपाल इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई मुद्दा हालेको थियो।

प्रकाशित: Jun 09, 2020| 17:55 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्