सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्रीले संसदमा भने– ‘१० अर्बको हिसाब सार्वजनिक हुन्छ’ (भिडियोसहित)

अर्थमन्त्रीले संसदमा भने– ‘१० अर्बको हिसाब सार्वजनिक हुन्छ’ (भिडियोसहित)

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको क्रममा खर्च भएको १० अर्बको हिसाब सार्वजनिक गर्ने बताएका छन्।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको क्रममा खर्च भएको १० अर्बको हिसाब सार्वजनिक गर्ने बताएका छन्।

आजको प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री खतिवडाले कोरोना नियन्त्रणको बेला भएको खर्चको विवरण सार्वजनिक गर्ने जानकारी गराएका हुन्।

बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापालगायतले सरकारले खर्च गरेको १० अर्बको हिसाब माग गरेका थिए।

त्यस्तै अर्थमन्त्री खतिवडाले व्यापारीहरु मर्कामा परेकोले चकलेटमा कर समायोजन गरिएको बताए। यसअघि ४० प्रतिशत रहेको चकलेटको कर खतिवडाले बजेटमार्फत् ३० प्रतिशतमा झारेका छन्।

उनले भने, ‘१२३ कम्पनीले चकलेट आयात गर्छन्, त्यसैले कुनै एक समूहलाई फाइदा हुने गरी कर घटाइएको भन्ने आरोप गलत छ।’

निश्चित व्यापारिक समूहलाई फाइदा पुग्ने गरी, विद्युतीय गाडीमा कर बढाएको, पुस्तकमा लाग्ने कर समायोजना नगरेको र चकलेटमा कर घटाएको भन्दैे खतिवडाको चौतर्फी आलोचना भइरहेको छ।

प्रकाशित: Jun 09, 2020| 15:05 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्