बिहीबार, भदौ १८, २०८३

कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा सल्यानका १३ जना, सुर्खेतका ५ जना र जुम्लाका २ जना गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सल्यानको बनगाड कुपिन्डे नगरपालिका वडा नं. ३ मा ३ जना, वडा नं. ४ मा ७ जना, वडा नं. ५ र वडा नं. ८ मा एक–एक जना र कपुरकोट गाउँपालिका वडा नं. ६ मा १ जनामा रहेका छन्।

सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ मा २ जना, गुर्भाकोट नगरपालिका वडा नं. १४ मा १ जना र सिम्ता गाउँपालिका वडा नं. ६ मा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै जुम्लाको हिमा गाउँपालिका वडा नं. ४ र तिला गाउँपालिका वडा नं. २ मा पनि एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

योसँगै कर्णालीमा कुल संक्रमितको संख्या ६ सय ७१ जना पुगेको छ। जसमध्ये ११ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Jun 09, 2020| 14:20 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।