काठमाडौं- अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।
अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम बजेटमा परेको भन्दै नेकपाभित्र आलोचना भएपछि आज मंगलबार सचिवालय बैठक बोलाइएको थियो ।
संसदमा बजेटबारे छलफल नसकिएको र संविधान संशोधनबारे पनि छलफल गर्ने कार्यसूची रहेकाले बैठक सारिएको बताइएको छ।
यसअघि जेठ १७ गते सचिवालय बैठक बसेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली भने संसद्को यहि अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा छन् । तर, सचिवालयका अन्य बहुमत सदस्य भने यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।