बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा एक स्वास्थ्यकर्मी र दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि

कञ्चनपुरमा एक स्वास्थ्यकर्मी र दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि

कञ्चनपुरमा दुई जना प्रहरी र एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

काठमाडौं- कञ्चनपुरमा दुई जना प्रहरी र एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

क्वारेन्टिनको सुरक्षामा खटिएका प्रहरीमा संक्रमण भेटिएपछि क्वारेन्टिन सिल गरिएको छ भने स्वास्थ्यकर्मीका संक्रमण भेटिएपछि स्वास्थ्य संस्था नै बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अमर थापाले क्वारेन्टिनको सुरक्षामा खटिएका एक जना प्रहरी सहायक निरीक्षक र हवल्दारमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

उनीहरु महेन्द्रनगरस्थित वैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टिनको सुरक्षामा खटिएका थिए। अहिले क्वारेन्टिन सिल गरिएको थापाले बताए।

संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरुलाई अहिले महेन्द्रनगरस्थित आईसीएचको आइसोलेसनमा राखिएको छ।

यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण भेटिएको छ।

स्वास्थ्यचौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीले सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।

कोरोनाको उच्च जोखिममा रहेकाले सबैको स्वाब संकलन गर्ने प्रक्रिया भइरहेको र नतिजा नआउँदासम्म स्वास्थ्य चौकीका सेवा बन्द गरिएको स्वास्थ्य चौकी प्रमुख गजेन्द्र विष्टले बताए। कञ्चनपुरको पुनर्वासमा दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ।

प्रकाशित: Jun 09, 2020| 13:38 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।