बिहीबार, भदौ १८, २०८३

गण्डकी प्रदेशमा ६ महिनामा २७ जनालाई डेंगु संक्रमण

गण्डकी प्रदेशमा ६ महिनामा २७ जनालाई डेंगु संक्रमण देखिएको छ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा ६ महिनामा २७ जनालाई डेंगु संक्रमण देखिएको छ। यो सन् २०२० जनवरीयताको तथ्यांक हो।

स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका ११ जिल्लामध्ये ६ मा डेंगुका बिरामी देखिएका छन्। तीमध्ये म्याग्दीमा सबैभन्दा बढी १२ जनालाई डेंगु देखिएको छ। यस्तै, कास्कीमा १०, पर्वतमा २ र तनहुँ, नवलपुर र बाग्लुङमा १-१ जना बिरामी छन्।

जनवरीयता गण्डकीका पाँच जिल्लामा डेंगुका बिरामी देखिएका छैनन्। गोरखा, मनाङ, मुस्ताङ, लमजुङ र स्याङ्जामा डेंगु संक्रमण नदेखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकीमा जनवरीयता मे महिनामा सबैभन्दा बढी १६ जनामा डेंगु संक्रमण देखिएको छ। यस्तै, अप्रिलमा ५, जनवरीमा २, फ्रेबुअरी र मार्चमा १-१ जना डेंगुका बिरामी भेटिएका छन्।

जुन महिनाको हालसम्म दुई जनालाई मात्रै डेंगु देखिएको छ।

यस्तै, गण्डकीमा जनवरीयता ५ जनालाई स्क्रब टाइफस देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यी सबै म्याग्दीका हुन्।

 

प्रकाशित: Jun 09, 2020| 10:58 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।