नेपालगन्ज- बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि बन्द गरिएको छ।
शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो।
अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिश गरेको पाइएको छ।
शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना संक्रमण देखिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए। ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि कोरोना संक्रमण देखिएपछि रोकिएको छ।