बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हेकिप्टरबाट उद्धार गरेर कोहलपुर लगिएकी गर्भवतीमा कोरोना संक्रमण

हेकिप्टरबाट उद्धार गरेर कोहलपुर लगिएकी गर्भवतीमा कोरोना संक्रमण

अछामबाट हेलिकप्टरमार्फत् बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएकी एक गर्भवतीमा कोरोना संक्रमण भेटिएको छ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

अछामबाट हेलिकप्टरमार्फत् बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएकी एक गर्भवतीमा कोरोना संक्रमण भेटिएको छ।

अछामको चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया गर्भवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

११ दिनपहिले भारतबाट आएर गाउँकै दयापिलतोला माविको क्वारेन्टिनमा रहेकी २१ हप्ताकी गर्भवतीलाई उपचारका लागि सोमबार कोहलपुर लगिएको थियो। भारतबाट आएर पेट दुख्ने र सुन्निने समस्या देखिएपछि शनिबार बयालपाटा अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कोहलपुर लगिएको थियो।

प्रजिअ कुरुम्वाङका अनुसार ती महिलाको उपचार भैरहेको नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पताल सिल नगरी उच्च सतर्कताका साथ उपचार भैरहेको छ।

आन्द्रा ब्लक भएर पेट फुलेपछि आन्द्रामा घाउ भएको ती महिलाको आजै अप्रेसन हुने अस्पताले जनाएको छ।

महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अछामबाट कोहलपुर पुर्याउने हेलिकप्टरका पाइलट र उनको सम्पर्कमा आएकाहरुको खोजी भैरहेको कुरुम्वाङले बताए। सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने उनले जानकारी दिए।

प्रकाशित: Jun 09, 2020| 09:12 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।