शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरसमुक्त भएपछि न्युजिल्यान्डमा सबै प्रतिबन्ध फुकुवा

कोरोना भाइरसमुक्त भएपछि न्युजिल्यान्डमा सबै प्रतिबन्ध फुकुवा

गत हप्ता प्रशान्त महासागरीय टापु राष्ट्र फिजिका अन्तिम कोरोनाभाइरस सङ्क्रमित व्यक्ति संक्रमणमुक्त भएपछि आफूलाई कोभिड-१९ मुक्त घोषणा गरेको थियो।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

एजेन्सी-  न्यूजिल्याण्डमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएका सबै प्रतिवन्ध सोमबार मध्यरातदेखि फुकुवा भएका छन्।

National life

प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोनाभाइरससम्बन्धी सतर्कता तह सबभन्दा तल्लो तहमा पुर्यााइने घोषणा गरेकी छन्। तर सीमा नाका भने बन्द रहने छन्।

सार्वजनिक र निजी कार्यक्रमहरू, खुद्रा पसलहरू, होटल रेस्टुरेन्टहरू, सार्वजनिक यातायातका माध्यमहरू र घरेलु उडानहरूमा कुनै प्रतिबन्ध रहने छैन।

आर्डर्नले 'न्यूजील्यान्डले भाइरस जित्न अभूतपूर्व रूपमा एकताबद्ध भएर काम गरेको' बताएकी छन्।

तर उनले भाइरस निर्मूल नहुने हुँदा त्यसबाट बच्न निरन्तरको प्रयास आवश्यक पर्ने भन्दै सावधानी अपनाउन पनि भनेकी छन्।

Laxmi sunrise bank
kumari

उनले भनिन्, 'न्यूजिल्यान्डले कोरोनाभाइरसको नयाँ सङ्क्रमण अवश्य पनि फेरि देख्नुपर्नेछ।'

गत हप्ता प्रशान्त महासागरीय टापु राष्ट्र फिजिका अन्तिम कोरोनाभाइरस सङ्क्रमित व्यक्ति संक्रमणमुक्त भएपछि आफूलाई कोभिड-१९ मुक्त घोषणा गरेको थियो।

सोमवार न्यूजिल्यान्डले त्यस्तै घोषणा गरेपछि फिजिका प्रधानमन्त्रीले ट्वीटरमा न्यूजील्यान्डलाई बधाइ दिएका छन्।

न्यूजिल्यान्डमा जम्मा १५०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो तीमध्ये २२ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jun 08, 2020| 13:08 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।