सोमबार, भदौ ८, २०८३

सुनको मूल्य फेरि बढ्यो, तोलाको साढे ८७ हजार

सुनको मूल्य आज (सोमबार) सय रुपैयाँ बढेको छ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

काठमाडौं- सुनको मूल्य आज (सोमबार) सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको मूल्य भने प्रतितोला ८७ हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ९ सय ३० रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँ कायम गरिएको थियो।

महासंघले लकडाउनको साढे दुई महिनापछि आइतबारदेखि दैनिक मूल्य निर्धारण गर्न थालेको हो। उक्त दिन छापावाल सुन १० हजार चार सय रुपैयाँ बढेको थियो।

प्रकाशित: Jun 08, 2020| 11:14 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्