सोमबार, भदौ ८, २०८३

क्यानबेरा उड्दै नेपाल एयरलाइन्स

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अस्ट्रेलियामा चार्टर्ड उडान गर्दै छ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अस्ट्रेलियामा चार्टर्ड उडान गर्दै छ। निगमको वाइड बडी ए३३० जहाजले अस्ट्रेलियामा राजधानी क्यानबेरामा उडान गर्न लागेको हो।

यो नेपालको राजधानी र अस्ट्रेलियामाको राजधानी जोड्ने पहिलो उडान हुनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराह्न ४ः५५ बजेका लागि काठमाडौं–क्यानबेरा उडान तालिका तय भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

नेपालस्थित अस्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको हो। नेपालमा लकडाउनका कारण रोकिएका अस्ट्रेलियाली र न्युजिल्यान्डका नागरिक तथा छुट्टीमा आएका ‘पीआर होल्डर’ नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्टर्ड गरी लैजान लागेको हो।

यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अस्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो। त्यस्तै लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अस्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो। नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन।

प्रकाशित: Jun 08, 2020| 10:40 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्