सोमबार, वैशाख २८, २०८३

कोरोनाका कारण विश्वका ६ करोड मानिस अत्यधिक गरिब हुने

कोरोना भाइरसको महामारीका कारण विश्वका ६ करोड भन्दा बढी मानिस गरिबीको रेखा मुनी पुग्ने चेतावनी दिइएको छ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

एजेन्सी- कोरोना भाइरसको महामारीका कारण विश्वका ६ करोड भन्दा बढी मानिस गरिबीको रेखा मुनी पुग्ने चेतावनी दिइएको छ।

National life

विश्व बैंकका अधयक्ष डेभिड मालपासले यस महामारीले विश्वको अर्थव्यवस्थालाई ठूलो धक्का दिएको भन्दै करोडौँ मानिस गरिबीको रेखामुनी पुग्ने चेतावनी दिएका हुन्।

मालपासले अर्थ व्यवस्थामा यसले पार्ने प्रभाव एक दशकसम्म रहने बताएका छन्।

गत मे महिनामै मालपासले कोरोना भाइरसका कारण विश्वभर ६ करोड मानिस अत्यधिक गरिबीतर्फ जाने चेतावनी दिएका थिए।

विश्व बैंकका अनुसार एक दिनमा १.९० डलर भन्दा कम कमाई हुनुलाई अत्यधिक गरिबी भनिन्छ।

शुक्रबार एक अन्तर्वार्तामा मालपासले कोरोना भाइरसको संक्रमण र यसका कारण गरिएको लकडाउनले संसारभर गरिबी बढ्ने चेतावनी दिए।

प्रकाशित: Jun 07, 2020| 17:47 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।