सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फोनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड

फोनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड

 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

फोनपे पेमेन्ट सर्विस लिमिटेडले डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त गरेको छ ।

योसँगै कम्पनीको पुरा प्लाटफर्म पिसिआई डिएसएस मान्यता प्राप्त सेवा प्रदायकको उपलब्धी हासिल गरेको छ । यस प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तानगर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको प्रमाणित गरेको छ ।

भुक्तान कार्ड उद्योग डाटा सुरक्षा मापदण्ड भुक्तान कार्ड उद्योग सुरक्षा मापदण्ड काउन्सिलद्धारा अवलम्बन गरिएको अनिवार्य कडा मापदण्डहरुको सेट हो ।

जहाँ कम्पनीले पीसीआइद्धारा उल्लेख गरिएका मापदण्डहरू पूरा गर्नुपर्दछ । यसले डाटाको भण्डारण, प्रक्रिया तथा डाटाहरुको सुरक्षा गर्दछ भने भुक्तानीमा हुने धोकाधडी अर्थात् फ्रड कार्यलाई रोक्दछ ।

प्रकाशित: Jun 07, 2020| 12:24 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्