मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साढे दुई महिनापछि सुनचाँदीको नयाँ मूल्य : तोलामा १० हजार ४०० रुपैयाँ बढ्यो

साढे दुई महिनापछि सुनचाँदीको नयाँ मूल्य : तोलामा १० हजार ४०० रुपैयाँ बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) देखि सुनचाँदीको दैनिक मूल्य तोक्न थालेको छ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) देखि सुनचाँदीको दैनिक मूल्य तोक्न थालेको छ। करिब साढे दुई महिनापछि आज सुनचाँदीको नयाँ मूल्य तोकिएको हो।

आजका लागि महासंघले छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ तोकेको छ। यो मूल्य पछिल्लो पटक गत चैत १० गतेको भन्दा तोलामा १० हजार ४०० रुपैयाँ बढी हो। यसैगरी चाँदीको मूल्य ९२५ रुपैयाँ प्रतितोला तोकिएको छ।

गएको चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सुनचाँदी व्यवसाय बन्द भएकाले भाउ तोकिएको थिएन। पसल बन्द भएसँगै महासंघले लकडाउन अवधिभर सुनचाँदीको नयाँ मूल्य नतोक्ने जनाएको थियो।

पछिल्लो पटक चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ तोकिएको थियो। त्यसयता नयाँ मूल्य तोकिएको थिएन र कारोबार पनि भएको थिएन।

तर, केही व्यवसायीले ९० हजार रुपैयाँसम्ममा सुन बेचेको गुनासो उपभोक्ताले गरेका छन्।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै क्रमशः खोल्ने तयारी गरेपछि सुनचाँदीको मूल्य तोकिएको हो। सुरक्षाका उपाय अपनाएर दैनिक केही घण्टा व्यवसाय गर्न दिने तयारी सरकारको छ।

 

प्रकाशित: Jun 07, 2020| 11:28 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्