सोमबार, भदौ ८, २०८३

आजदेखि सुनचाँदीको नयाँ मूल्य तोकिने

पछिल्लो पटक चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रपैयाँ तोकिएको थियो।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) देखि सुनचाँदीको दैनिक मूल्य तोक्ने भएको छ।

गएको चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सुनचाँदी व्यवसाय बन्द भएकाले भाउ तोकिएको थिएन। पसल बन्द भएसँगै महासंघले लकडाउन अवधिभर सुनचाँदीको नयाँ मूल्य नतोक्ने जनाएको थियो।

पछिल्लो पटक चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रपैयाँ तोकिएको थियो। त्यसयता नयाँ मूल्य तोकिएको छैन र कारोबार पनि भएको छैन। तर, केही व्यवसायीले ९० हजार रुपैयाँसम्ममा सुन बेचेको गुनासो उपभोक्ताले गरेका छन्।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै क्रमशः खोल्ने तयारी गरेपछि सुनचाँदीको मूल्य तोकिन लागेको हो। सुरक्षाका उपाय अपनाएर दैनिक केही घण्टा व्यवसाय गर्न दिने तयारी सरकारको छ।

प्रकाशित: Jun 07, 2020| 07:47 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्