सोमबार, माघ ५, २०८२

जब कुशलको योजना सफल भयो र रोहितको ब्याट घुम्न थाल्यो...

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ओमनको मैदानमा पाँच विकेटले हराउँदा नेपाली टिममा कुशल भुर्तेल र रोहित पौडेल नायक रहे।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं– त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ओमनको मैदानमा पाँच विकेटले हराउँदा नेपाली टिममा कुशल भुर्तेल र रोहित पौडेल नायक रहे।

National life

खेलमा कुशलले ९३ बलमा ८४ रन बनाए भने रोहित पौडेलले ८७ बलमा ६२ रन बनाएका थिए। विनोद भण्डारीको ३७ रनको प्रदर्शन पनि सम्झनलायक रह्यो।

‘नेपालका कुशल, विनोद भण्डारी र रोहित पौडेलले राम्रो गरे। नेपालको फिनिसिङ राम्रो गर्यो,’ नेपाली कप्तान ज्ञानेन्द्र मल्लले भने।

समग्रमा खेल कस्तो रह्यो त भन्ने प्रशनमा कुशल भन्छन्, ‘पहिलो पारी हेर्ने हो भने बलहरुले निकै राम्रो गरे। यो विकेटमा, पीचमा २३० को लक्ष्य धेरै ठूलो थिएन। पछ्याउन सक्ने लक्ष्य नै थियो। पछि हामीले ब्याटिङमा पनि राम्रो गर्न सक्यौँ। टिमले जित्यो निकै खुसी लागिरहेको छ।’ 


Laxmi sunrise bank
kumari

नेपालले नेपाल, अमेरिका र ओमन सिरिजमा पहिलो खेलमै जित निकाल्यो। त्यसमा खुसी रहेको कुशल बताउँछन्। भन्छन्, ‘यसले टिमलाई ‘बुस्टअप’ गरेको छ। ओमनको खेलमा पनि हौसला बढाएको छ।’

यता उनले पछिल्ला दुई खेलमा राम्रो गर्न सकेका थिएनन्। उनले पपुवा न्युगिनीसँगको पहिलो खेलमा १५ र दोस्रो खेलमा ३ रन मात्र जोडेका थिए।

‘पीएनजी र अमेरिकासँग खेल्दा फरक कस्तो थियो’ भन्ने प्रश्नमा उनले भने, ‘पीएनजीसँग म आफैंलाई परीक्षा गरिहेको थिएँ। कसरी खेल्छु होला भन्ने लागिरहेको थियो। त्यो खेलमा म अलि दबेर नै खेलिरहेको थिएँ। दबाब चाहिँ थिएन। जसरी खेल्नुपर्ने थियो त्यसरी खेल्न सकेको थिइन। तर अमेरिकाविरुद्ध त्यो थिएन।’

उनले थपे, ‘अमेरिकाविरुद्धको खेलमा चाहिँ योजना बनाएरै आएको थिएँ। अघिदेखि नै आक्रामक खेल्छु पछि अलि स्लो खेलौँला भन्ने नै थियो। त्यो योजना फाइदाजनक भयो।’

यसकारण नेपालको ओपनिङ जोडीले नै राम्रो गर्यो। उनीसँगै ओपनिङमा आएका आसिफ शेखले ६६ रनको साझेदारी गरे। जहाँ आशिफले पनि २३ रन बनाएर आउट भए।

कुशल भन्छन्, ‘योजना थियो कि राम्रो सुरुअत गरौँ। सुरुमा पाँच–छ ओभर स्विङ हुन्छ त्यो खेल्यो भने पछिका ब्याट्समेनलाई पनि सहयोग हुन्छ भन्ने थियो। त्यही अनुसार गर्यौँ।’

उनी हिजो सोमबारको खेलमा सतकको नजिक थिए। उनको विकेट गयो। तर उनी विकेटलाई लिएर सन्तुष्ट थिएनन्। उनी भन्छन्, ‘सन्तुष्ट थिइन। अविजित भएर जिताएको भए राम्रो हुन्थ्यो। आउट भएँ। पछि अलि दबाब भयो। आउट त थियो। तर आउट भएकोमा निराश थिएँ, नराम्रो लाग्यो।’

अब आज नेपालले बलियो टिम ओमनसँग खेल्दैछ। त्यसका लागि तयार रहेको उनी बताउँछन्।

यता नेपालको एक दिवसीयमा ब्याक टू ब्याक हाफ सेन्चुरी हान्ने पहिलो खेलाडी भएका छन् राहित पौडेल। भन्छन्, ‘आफ्नो प्रदर्शनले खुसी नै छु। तर त्यसलाई सुधार गर्न भने सकिन्थ्यो।’


उनले ब्याक टू ब्याक हाफ सेन्चुरी हान्ने पहिलो खेलाडी हुँदा निकै खुसी लागेको बताएका छन्।

एक समय ३३ बलमा पनि ८ रन बनाएर उनी निकै दबाबमा देखिन्थे। तर उनले उत्कृष्ट कमब्याक गर्दै टिममा स्थिरता ल्याए। पछि उनले ८७ बलमा ६२ रन बनाए।

उनले तीन छक्का र दुई चौकासमेत प्रहार गरेर ब्याटिङलाई लयमा ल्याएका थिए। ‘स्ट्राइक रोटेट गर्ने भनेर सुरुबाटै सोचिरहेको थिएँ। तर सफल भइरहेको थिएन। मलाई विकेट नफाल्ने, होल्ड गर्ने मेसेज आएको तियो। सोहि अनुसार खेलेँ,’ उनले भने।

पीच राम्रो भए पनि सुरुमा सुरुमा संघर्ष गर्नुपरेको उनले बताए। यता कप्तान मल्ल भने बलर ब्याटिङ दुवैबाट सन्तुष्ट रहेको बताउँछन्। ‘नेपाली बलरबाट अमेरिकाले सतक हान्यो के बलिङमा पछि परेको हो भन्ने प्रश्नमा ज्ञानेन्द्र भन्छन्, ‘विकेट राम्रो छ। आउटफिल्ड हेभि छ। फिल्डिङ राम्रो गरेका थियौँ। सिंगल डबल लिन गाह्रो छ। यता बल भागिरहेको छ। त्यो हेर्दा अमेरिकाको ब्याटिङ राम्रो थियो भन्नुपर्छ।’

बलरबाट सन्तुष्ट रहेको मल्लले बताए। उनले भने, ‘तर अमेरिकाको ब्याटिङ हेर्दा केही कममा प्याक गर्न सकिन्छ जस्तो लागेको छ। २०० हाराहारी सम्ममा प्याक गर्न सकिने थियो। तर यो लेभलमा २२० र २३० को लागि हामी तयार हुनुपर्छ।’

नेपालले तीन खेलमा जित निकालेको छ। त्यसले पनि नेपाली टिमलाई शक्ति दिएको छ। ‘हो, हामीले कहिले काहिँ २०० प्लसको लक्ष्य भेट्टाउन सकिरहेको हुँदैनौँ। तर पछिल्लो खेलमा त्यो लक्ष्य भेट्टाउन सकिरहेका छौं। साथै बलिङ पनि राम्रो नै भइरहेको छ। सन्दीपबाहेक अरुले पनि म्याच विनिङ प्रदर्शन दिनुपर्छ भन्ने लाग्छ,’ उनले भने।


उनले नयाँ खेलाडीको आगमनले नेपाली ब्याटिङ राम्रो रहेको पनि बताएका छन्। ‘नयाँ खेलाडीले राम्रो गरिरहँदा नेपाली ब्याटिङ अर्को फेजमा पुगेको छ। जुन किसिमको एक्सपोजर नयाँ खेलाडीले पाएका छन्। त्यसले राम्रो भइरहेको छ,’ उनले भने, ‘नयाँ खेलाडीले धेरै मेहनत गरेका छन्।’

आजको खेलमा परिवर्तन नहुने सम्भावना रहेको ज्ञानेन्द्र बताउँछन्। ‘आज ओमनकै मैदानमा खेलिरहेका छौं। त्यसमा खेल्दा केही गाह्रो त हुन्छ नै। ब्याटिङ र बलिङ नै राम्रो छ,’ उनले भने।

प्रकाशित: Sep 14, 2021| 10:12 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।