बुधबार, चैत ११, २०८२

सबै ठाउँमा भौतिक दूरी सम्भव छैन, अनिवार्य रुपमा मास्क लगाऔँ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मास्क लगाउने विषयमा तयार गरेको गाइडलाइनमा महत्वपूर्ण परिवर्तन गरेको छ।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मास्क लगाउने विषयमा तयार गरेको गाइडलाइनमा महत्वपूर्ण परिवर्तन गरेको छ।

National life

मास्कले पनि कोरोना भाइरस सर्नबाट रोक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले बिरामीको नजिक जाँदा, सार्वजनिक स्थान तथा भिडभाडमा अनिवार्य रुपमा मास्क लगाउन सुझाव दिएको छ।

यसअघि डब्लूएचओका विशेषज्ञहरु नै मास्कले कोरोना भाइरस रोक्छ कि रोक्दैन भन्नेमा दुविधामा थिए। यसैकारण उनीहरूले सर्वसाधारण सबैले मास्क लगाउनुपर्छ भन्न सकेका थिएनन्।

तर अहिले कोरोना सर्ने नयाँ तरिका पत्ता लागेको भन्दै डब्लुएचओले कोरोना संक्रमण सर्ने जोखिम स्थानमा जाँदा सबैले अनिवार्य मास्क लगाउनुपर्ने गरी गाइडलाइनमा परिवर्तन गरेको हो।

डब्लूएचओका अनुसार कोरोनाका लक्षण देखिनुअघि पनि व्यक्ति संक्रमित भइसकेको हुन सक्ने अर्थात् संक्रमित भइसकेर पनि कसैमा कुनै लक्षण नदेखिने तथ्य पत्ता लागिसकेको छ।

Laxmi sunrise bank
kumari

सबैसँग सबै ठाउँमा शारीरिक दूरी कायम गर्न नसकिने भएकाले स्वस्थ व्यक्तिमा कोरोना भाइरस सर्न सक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबैलाई अनिवार्य रूपमा मास्क लगाउन आग्रह गरेको छ।

डब्लुएचओका अनुसार सवारीसाधनमा यात्रा गर्दा, बजार जाँदा अर्थात् घरबाट बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउनुपर्छ। जसले गर्दा संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा निस्किने थुकका छिटाबाट बचाउन मद्दत गर्छ।

बीबीसी

प्रकाशित: Jun 06, 2020| 07:34 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्