शनिबार, फागुन ३०, २०८२

सोमालियामा बाढीका कारण २९ जना को मृत्यु, १० लाख प्रभावित

सोमालियामा व्यापक वर्षापछि नदीहरूमा आएको बाढी किनार क्षेत्रका वस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको राष्ट्रसंघीय मानव सहायता संस्था ‘ओसीएचए’ ले शुक्रबार जानकारी गराएको छ ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

सोमालियामा व्यापक वर्षापछि नदीहरूमा आएको बाढी किनार क्षेत्रका वस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको राष्ट्रसंघीय मानव सहायता संस्था ‘ओसीएचए’ ले शुक्रबार जानकारी गराएको छ ।

National life

अप्रिलदेखि अहिलेसम्म आएका बाढीका कारण २९ जनाको मृत्यु भएको र करिब १० लाख सोमालियाली नागरिक प्रभावित बनेको राष्ट्रसंघीय निकायले बताएको हो ।

सोमालियाका विभिन्न २९ जिल्लामा बाढीका कारण चार लाख १८ हजार व्यक्ति विस्थापित बनेका छन् मानवीय सहयोगका विस्थापितसम्म राहत र पालहरू लिएर पुग्नका लागि राष्ट्रसंघको प्रयास निरन्तर रहेको बताइएको छ ।

ठूलो वर्षापछि हजारौँ हेक्टर जमिनमा लगाएको बाली बाढीले पुरेको वा बगाएको छ भने यसका कारण सोमालियाका बाढी प्रभावित क्षेत्रमा खाद्य सङ्कट बढेको ओसीएचएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसंघ मानवीय सहयोग निकायहरू वर्षा र बाढीका कारण भएका विनाशकारी असरलाई कम गर्न दुई लाख ५५ हजार मानिसका लागि खाद्यान्न, औषधि तथा अतिआवश्यकीय मानवीय सहयोगसहित घटनास्थलमा पुगेका छन् ।

Laxmi sunrise bank
kumari

“सहयोगमा खाद्यान्न, सफा पिउने पानी, आकस्मिक बासस्थान, पोषण र औषधीजन्य सामग्रीको आपूर्ति भएको छ,” उक्त संस्थाले बताएको छ ।

राष्ट्रसंघीय निकायका अनुसार सोमालियामा वार्षिक वर्षाको औसत ७५ प्रतिशत मात्रा अप्रिलदेखि जुन महिनामा हुने भएकोले यो समयमा बढी वर्षा हुने र बाढी आउने र वस्तीहरू डुवानमा पर्ने गर्दछन् ।

वर्षाका कारण आफ्नो जीविकोपार्जनको एकमात्र उपाय मान्ने कृषिमा आश्रित समुदायहरू बढी प्रभावित हुने गर्छन् । विश्वव्यापी महामारीसँग जुझिरहेका सोमालियाली नागरिकलाई बाढी र डुबानले थप सङ्कटग्रस्त बनाएको छ ।
रासस

प्रकाशित: Jun 05, 2020| 18:55 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।