सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजेट आउने हप्ता १८ वटामात्र विद्युतीय गाडीको जाँचपास भएको छ : भन्सार विभाग

बजेट आउने हप्ता १८ वटामात्र विद्युतीय गाडीको जाँचपास भएको छ : भन्सार विभाग

भन्सार विभागले बजेट आउनु एक हप्ताअघि १८ वटामात्र विद्युतीय गाडीको जाँचपास गरेको प्रस्टीकरण दिएको छ ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

भन्सार विभागले बजेट आउनु एक हप्ताअघि १८ वटामात्र विद्युतीय गाडीको जाँचपास गरेको प्रस्टीकरण दिएको छ ।

विभागले आज विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको एक साताभर १८ वटा विद्युतीय गाडी र ३४३ वटा पेट्रोलियम गाडी जाँचपास भएको जनाएको हो ।

बजेट आउनुअघि नै अर्थ मन्त्रालयले कर बढ्ने सूचना चुहाएर ११८ वटा गाडी एकैपटक भन्सार जाँचपास गराएको आरोप लागेपछि विभागले विज्ञप्ति जारी गरी प्रस्टीकरण दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विभागले जेठ १ देखि १४ सम्म जम्मा ९३ वटा विद्युतीय सवारी साधन जाँचपास भएको र त्यसमध्ये जेठ ७ गते ७५ वटा, जेठ १३ गते १६ वटा र जेठ १४ गते २ वटा मात्र जाँचपास भएको छ।’

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा विद्युतीय गाडीको आयात करिब दोब्बर भएको भन्दै विभागले गत वर्ष जेठमा ५४ वटामात्र विद्युतीय गाडीको आयात भएकोमा यस वर्षको बजेट आउनुपूर्वको जेठमा ९३ वटा आयात भएको विभागले जनाएको छ ।

विभागले वैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत २५ मा सुख्खा बन्दरगाहबाट भन्सारमा आइपुगेको, जेठ ७ गते जाँचपास भएका ७५ वटा सवारी साधन वैशाख ११ गते भन्सारमा आइपुगेको पनि उल्लेख गरेको छ।

त्यस्तै जेठ १४ गते २ वटा विद्युतीय गाडीमात्र जाँचपाँस भएका र १७९ पेट्रोलियम गाडीहरुको आयात भई जाँचपाँस भएको विभागले बताएको छ ।

‘भन्सार दररेट जेठ १४ गते रातिमात्र यकिन हुने भएकाले जेठ ७ गते आयात भएका गाडीहरु कुनै संकेत पाएर जाँचपास हुने सम्भावना रहँदैन,’ विभागले विज्ञप्तिमा स्पष्ट पारेको छ ।

 

प्रकाशित: Jun 05, 2020| 15:05 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्