सोमबार, भदौ ८, २०८३

सार्वजनिक खर्च गर्दा विवेकशील बन्नुपर्छ : मैनाली

महालेखा नियन्त्रक गोपीनाथ मैनालीले सार्वजनिक खर्च र आम्दानी गर्दा कर्मचारीले विवेकशील मन प्रयोग गर्नुपर्ने बताएका छन्।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

काठमाडौं- महालेखा नियन्त्रक गोपीनाथ मैनालीले सार्वजनिक खर्च र आम्दानी गर्दा कर्मचारीले विवेकशील मन प्रयोग गर्नुपर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सार्वजनिक खर्च व्यवस्थापनका विषयमा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्।

मैनालीले सार्वजनिक खर्च र आम्दानीमा पारदर्शिता रहेको दाबी गर्दै पहिले गोपनीयतालाई प्राथमिकता दिने गरिएकोमा अहिले पारदर्शितालाई प्राथमिकता दिने गरिएको बताए। उनले पछिल्ला दिनमा पारदर्शितामा निकै सुधार भएको दाबी गरे। “पारदर्शी छौं, पारदर्शितामा कमजोर छैनौं”, उनले भने ।

उनले विकास खर्चको समीक्षा प्रणाली रहेको भन्दै उनले भुक्तानी प्रक्रियामा पनि कुनै समस्या नरहेको बताए।

पूर्वमहालेखा नियन्त्रक सुरेश प्रधानले बजेट बनाउँदा कार्यान्वयनसमेत प्रभावकारी योजना बनाइए खर्च हुन कुनै समस्या नहुने बताए। उनले सार्वजनिक खरिद योजनालाई प्रभावकारी ढंगले परिचालन गरिनुपर्नेमा जोड दिए।

पेफाका संयोजक रमेश शिवाकोटीले पेफा सचिवालयबाट विभिन्न ९ वटा निकायमा सुधारको काम गरिरहेको बताए। उनले बजेट र राजस्व, सार्वजनिक लेखा समिति, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय योजना आयोगलगायतमा सुधारका लागि समन्वय भइरहेको बताए।

प्रकाशित: Jun 05, 2020| 13:55 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्