सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सीपीएलका दुवै सेमिफाइल आज, ट्रिनबागो–सेन्ट लुसिया तथा गुएना अमेजन–सेन्ट किट्स भिड्दै

सीपीएलका दुवै सेमिफाइल आज, ट्रिनबागो–सेन्ट लुसिया तथा गुएना अमेजन–सेन्ट किट्स भिड्दै

अमेरिकाको क्यारेबियन क्षेत्रमा आयोजना हुने चर्चित टी–२० फ्रेन्चाइज क्यारेबियन प्रिमियर लिग (सीपीएल) को दुवै सेमिफाइनल खेल आज हुँदैछ।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं– अमेरिकाको क्यारेबियन क्षेत्रमा आयोजना हुने चर्चित टी–२० फ्रेन्चाइज क्यारेबियन प्रिमियर लिग (सीपीएल) को दुवै सेमिफाइनल खेल आज हुँदैछ।

National life

दुवै सेमिफाइनल खेल आज राति हुनेछन्। पहिलो खेल सवा सातमा हुनेछ भने दोस्रो खेल राति सवा १२ बजे सुरु हुनेछ।

लिग चरणको प्रतियोगिताको उत्कृष्ट चारमा पर्दै ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजम वारियर्स, सेन्ट किट्स एन्ड नेभिस पेट्रिओट्सर र सेन्ट लुसिया किंग्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको थिए।

जहाँ शीर्ष तीनको समान १२–१२ अंक भए पनि नेट रन रेटका आधारमा ट्रिनबागो, गुएना अमेजन र सेन्ट किट्स क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा थिए।

त्यस्तै, सेन्ट लुसिया किंग्स चौथो स्थानमा थियो। अब सेमिफाइनलको पहिलो खेलमा पहिलो स्थानको ट्रिनबागो र चौथो स्थानको सेन्ट लुसिया खेल्नेछन्।

Laxmi sunrise bank
kumari

उनीहरुबीचको खेल सवा ७ बाट सुरु हुनेछ। त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा दोस्रो र तेस्रो स्थानका गुएना अमेजन र सेन्ट किट्स भिड्दैछन्। उनीहरुको खेल राति सवा १२ बजेबाट सुरु हुनेछ।

यता लिग तालिकामा पाँचौ र छैटौं स्थानमा रहेको जमैका तल्लावाह र बाबार्डोस रोयल्स लिग चरणबाटै बाहिरिएका छन्।

लिगको फाइनल खेल भोलि ९भदौ ३० गते० पौने ८ बजे हुनेछ। सीपीएलमा नेपाली खेलाडी सन्दिप लामिछाने पनि आबद्ध थिए। तर सोहि समयमा नेपाली राष्ट्रिय टिमको ओभन भ्रमण रहेकाले सन्दिपले यो वर्षको सीपीएल गुमाएका हुन्।

उनी ट्रिनबागो नाइट राइडर्समा अनुबन्ध भएका थिए। त्यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट दुई सिजन सीपीएल खेलेका थिए।

प्रकाशित: Sep 14, 2021| 08:42 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।