शनिबार, फागुन ३०, २०८२

कोरोना संक्रमणबाट मृत्यु : ब्राजिलले इटालीलाई उछिन्यो

ब्राजिल इटालीलाई उछिन्दै कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट सर्वाधिक मृत्यु हुने तेस्रो देश बनेको छ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

ब्राजिल इटालीलाई उछिन्दै कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट सर्वाधिक मृत्यु हुने तेस्रो देश बनेको छ।

National life

ब्राजिलमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक हजार ४७३ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ हजार २१ पुगेको छ।

इटालीमा भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार ६८९ छ।

कोरोनाबाट सर्वाधिक मृत्यु हुनेको सूचीमा अमेरिका शीर्ष स्थानमा छ। त्यहाँ एक लाख आठ हजार २११ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

सर्वाधिक संक्रमितको सूचीमा भने ब्राजिल दोस्रो स्थानमा कायमै छ। त्यहाँ ६ लाख १४ हजार ९४१ जना कोरोना संक्रमित छन्। यो सूचीमा पनि शीर्षमै रहेको अमेरिकामा १८ लाख ७२ हजार ६६० जनामा संक्रमण पुष्टि भइसकेको छ।

Laxmi sunrise bank
kumari

सीएनएन

प्रकाशित: Jun 05, 2020| 11:07 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।