शनिबार, फागुन ३०, २०८२

अमेरिकामा पछिल्लो आन्दोलनका क्रममा ५५ अर्ब डलर क्षति

अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकी मूलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

मिनियापोलिस- अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकी मूलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ।

National life

मिनियापोलिसका अधिकारीहरुले दिएको जानकारीअनुसार आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण यति ठूलो रकम बराबरको क्षति भएको हो।

उनीहरुले अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार २२० घरमा क्षति भएको छ भने क्षति भएका भवनहरुको सङ्ख्या त्योभन्दा बढी हुनसक्ने अनुमान गरेका छन्।

प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएपछि उनको हत्या भएकोभन्दै देशभर प्रदर्शन भइरहेको छ।

मिनियापोलिसका मेयर जाकोब फ्रेयीले क्षति भएकाहरुलाई पुनर्निर्माण गर्न क्षतिपूर्तिका लागि राज्य तथा संघीय सरकारसँग आग्रह गरिने जानकारी दिए।

Laxmi sunrise bank
kumari

अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौं प्रदर्शनकारीले देशभर प्रदर्शन गर्दै आइरहेका छन्।

आन्दोलन हिंसात्मक हुँदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर निषेधाज्ञा आदेश पनि जारी गर्नुपरेको थियो। कतिपय ठाउँमा निषेधाज्ञा पनि तोडेर प्रदर्शनकारीले आन्दोलनलाई चर्काउँदै लगेका थिए।

प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १२ जनाको मृत्यु पनि भएको छ। यो बीचमा हजारौं पक्राउ परेका छन् भने सयौं घाइते भएका छन्।

प्रकाशित: Jun 04, 2020| 21:40 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।