सोमबार, वैशाख २८, २०८३

प्रधानमन्त्रीलाई ‘मेरो घाँसमा नटेक्नुस्’ भनेपछि

देशका प्रधानमन्त्रीलाई कसैले मेरो घाँसमा नटेक्नुस् भन्यो भने, के होला ? अस्ट्रेलियाका प्रधानमन्त्रीसँग यस्तै भयो । र, प्रधानमन्त्री अप्ठ्यारो मान्दै हटे पनि।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

एजेन्सी-  देशका प्रधानमन्त्रीलाई कसैले मेरो घाँसमा नटेक्नुस् भन्यो भने, के होला ? अस्ट्रेलियाका प्रधानमन्त्रीसँग यस्तै भयो । र, प्रधानमन्त्री अप्ठ्यारो मान्दै हटे पनि।

National life

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले निर्माण क्षेत्रका लागि नयाँ नीति घोषणा गर्दै थिए। यसका लागि उनी राजधानी क्यानबेराबाट २८ किलोमिटर टाढा गुगान्गको आवास निर्माणस्थल पुगे।

उनले त्यहाँ कोरोना संकटले मन्दीमा पुगेको निर्माण क्षेत्रलाई ४८ करोड अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गर्दै थिए। त्यसका लागि उनी नयाँ बनाइएको लन (घाँस उमारेको आँगन) मा उभिएर मिडियालाई जानकारी दिंदै थिए।

समाचार संस्था रोयटर्सका अनुसार यसैबीच घरमालिक त्यहाँ आइपुगे र प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भने, ‘कृपया त्यो घाँसबाट हट्नुस।’ त्यसपछि प्रधानमन्त्रीले थम्स अप गर्दै (बुढी औंला ठाडो पार्दै) त्यहाँबाट हटे।

तर केही मानिस अझै घाँसमै थिए। लन र घरका मालिकले फेरि भने, ‘मैले दोस्रो पटक भर्खरै यो घाँस रोपेको हुँ ।’

यसपछि प्रधानमन्त्री आफैंले सबैलाई त्यहाँबाट हटाउन पहल गर्न थाले। मालिकलाई धन्यवाद भने ।

अब घरका मालिकले पनि ‘सरी मेट’ भन्दै शिष्टाचार प्रकट गरेर घरभित्र पसे।

अस्ट्रेलियामा कारोना भाइरसको संक्रमण अन्य देशभन्दा कम छ। तर सरकारको अर्बौं डलर सहयोगका बावजुद पनि यहाँको अर्थव्यवस्थाले तीन दशकपछि मन्दीको सामना गरिरहेको छ।

करिब एक महिनाअघि एक अखबारले गरेको सर्वेक्षण अनुसार महामारी नियन्त्रणका लागि गरेका कामका कारण मरिसनको लोकप्रियता बढेको छ।

प्रधानमन्त्री मरिसनले रोजगार बजार र उद्योगको प्रवद्र्धनका लागि तमाम नीति लागू गरेका छन्। यस्तै एक नीति अन्तर्गत घरको पुनःसज्जा गर्नेका लागि २५ हजार अष्ट्रेलियन डलर दिने घोषणा गरेका थिए।

प्रकाशित: Jun 04, 2020| 20:05 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।