मंगलबार, असार २३, २०८३

त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज ओमनसँग भिड्ने

नेपाल, अमेरिका र ओमनको आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज मंगलबार नेपालले दोस्रो खेल खेल्दैछ।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं– नेपाल, अमेरिका र ओमनको आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज मंगलबार नेपालले दोस्रो खेल खेल्दैछ। आजको खेलमा नेपालले आयोजक ओमसँग भिड्ने भएको छ।

डेढ वर्षअघि नेपालमै आयोजना भएको एकदिवसीय सिरिजमा नेपाले ओमनसँग दुई खेलमै हार बेहोरेको थियो।

त्यो सिरिजमा नेपालले ओमनसँग पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटको हार बेहोरेको थियो। त्यसैले आज नेपाललाई त्यो हारको बादला दिने अवसर पनि छ।

नेपालले अमेरिकासँगको खेलमा जित निकालेसँगै अहिले लिग दुईमा नेपालले पाँच खेलबाट ६ अंक बनाएको छ। नेपाल लिग तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। नेपालले आज जित निकाले एक स्थान सुधार भएर पाँचौ स्थानमा पुग्नेछ।

आज नेपालले भिड्न लागेको ओमन भने तालिकाको शीर्षस्थानमा छ। उसले १० खेलबाट १६ अंक जोडेको छ।

दोस्रो स्थानमा रहेको अमेरिकाको भने १३ खेलबाट १२ अंक छ। त्यस्तै, स्कटल्यान्ड, नामिबिया र युएई ९८ र ७ सात अंकका साथ तेस्रो, चौथो र पौचौ स्थानमा छन्।

लिग २ अन्तर्गत सात देशहरु रहन्छन्। ति देशहरु सम्मितिल खेलमा अहिलेसम्म जित निकाल्न नसकेको पपुवा न्युगिनी तालिकाको पुछारमा छ।

आज ओमनसँगको खेल अपरान्ह सवा ४ बजेबाट ओमनको अल इमिरेत मैदानमा सुरु हुनेछ।

नेपालले पछिल्लो चार अन्तर्राष्ट्रिय एक दिवसीयमा लगातार जित निकालिरहेको छ। नेपालले पछिल्लो पटक हारेको नै ओमनसँग हो। त्यसपछि अमेरिकाविरुद्ध नेपालले १० विकेटको जित निकालेको थियो।

साथै जारी त्रिकोणात्मक सिरिजअघि नेपाल खेलेका दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीविरुद्ध जित निकालेको थियो। त्यस्तै, हिजोको खेलमा पनि नेपालल अमेरिकालाई हराएको हो।

त्यसैले आज नेपाल आफ्नो जितको लयलाई कायम राख्न चाहन्छ। यता ओमनले लिग दुईका पछिल्ला दुई भेटमै नेपाललाई हराएको थियो। ऊ पनि नेपालविरुद्ध जितको लयम कायम राख्न चाहन्छ।

त्यसैले आजको खेल निकै रोमाञ्चक हुने विश्वास गरिएको छ।

प्रकाशित: Sep 14, 2021| 08:15 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।